Description
- जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।
- जौको सातु र सख्खरको सर्वत दान गर्दा सोझै पितृले पाउँछन् भनिएको छ ।
- आयुर्वेदमा जौको सातु र सख्खरको सर्वतलाई ऊर्जाजन्य पौष्टिक आहार मानिएको छ ।
- गर्मीयाममा यसको नित्य सेवनबाट शरीरमा शितलता प्रदान गर्छ भन्ने आयुर्वेदीय मान्यता छ ।
- अहिले हामी एक दिन जौको सातु र सख्खरको सर्वत खाएर कर्मकाण्ड पुरा गर्छौं ।
- गर्मी याममा शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ, यतिबेला शरीरलाई हाइड्रेड राख्न सक्नुपर्छ, यसका लागि उपयोगी हुन्छ, जौको सातु ।
- जौको सातुले शरीरलाई हाइड्रेट राख्ने मात्र होइन, पेटलाई सितल पनि बनाउँछ ।
- तराई क्षेत्रमा लूबाट बच्न पनि सातु उपयोगी हुन्छ । किनभने जौको सातुले शरीरलाई शितल बनाइराख्छ ।
- शरीरको विकार हटाउन मदत गर्छ ।
- सातुलाई पानीमा घोलेर सेवन गर्दा निकै फाइदा गर्छ ।
- यसले शरीरमा रहेकोल विषाक्त तत्व पिसाबको माध्यामबाट बाहिर निकाल्छ ।
- साथसाथै यसले मिर्गौलालाई पनि शुद्धिकरण गर्छ ।
- सातुमा एन्टि इन्फ्लाइमेन्ट्री गुण हुन्छ, जसले जोर्नीको दुखाईबाट छुटकारा दिलाउँछ ।
- यदि तपाईं जोर्नीको समस्याले ग्रस्त हुनुहुन्छ भने पनि दैनिक जौंमा पानी घोलेर सेवन गर्न सक्नुहुन्छ ।
- मधुमेह रोगीका लागि बढी लाभदायक छ ।
- जौको सातुमा बीटा ग्लूकेन नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोज अवशोषित गर्छ र ब्लड शुगरको मात्रा सन्तुलित राख्छ ।
- मिर्गौलामा पत्थरी भएमा यसबाट छुटकारा पाउनका लागि जौको सातु रामबाण उपचार हो ।
- एक गिलास पानीमा सातु मिश्रण गरेर नियिमत सेवन गर्दा मिर्गौलाको पत्थरी हट्छ ।
- शरीरमा रगतको कमी भएमा एनिमिया हुन्छ । यस्तो अवस्थामा पनि जौको सातु लाभदायक हुन्छ ।
- हामीलाई कहिले काहीँ भोक लागेको अनुभव हुन्छ । वास्तविक भोक भने होइन ।
- यसरी भोक लागेको महसुष हुनसाथ हामी केही न केही खान्छौं, जसले मोटोपन बढ्छ ।
- अतः जौको सातु खाने हो भने यसरी भोक लागेको महसुष हुँदैन । सातु प्रोटिनको पनि स्रोत हो।
- सातुले खासगरी पेटको समस्यालाई पनि कम गर्छ ।
- कलेजोलाई बलियो बनाउँछ । जौको सातु एक प्राकृतिक औषधी पनि हो । जौको गुणबारे आयुर्वेदमा उल्लेख छ ।
- आयुर्वेदमा यसलाई टर्रो, केही मधुर र नरम भनी उल्लेख गरिएको छ ।
- यसले कण्ठरोग, चर्मरोग, सास एवं कफ रोगमा फाइदा गर्ने बताइन्छ ।
Related
Additional information
| Weight | 1 kg |
|---|
Be the first to review “Jau KO Pitho , Barley Flour (जौको पिठो)” Cancel reply


Reviews
There are no reviews yet.