0  0.00

Cart

No products in the cart.

Barley Flour (जौको पिठो)

 120.00

Category: Tags: ,

Description

  • जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।
  • जौको सातु र सख्खरको सर्वत दान गर्दा सोझै पितृले पाउँछन् भनिएको छ ।
  • आयुर्वेदमा जौको सातु र सख्खरको सर्वतलाई ऊर्जाजन्य पौष्टिक आहार मानिएको छ ।
  • गर्मीयाममा यसको नित्य सेवनबाट शरीरमा शितलता प्रदान गर्छ भन्ने आयुर्वेदीय मान्यता छ ।
  • अहिले हामी एक दिन जौको सातु र सख्खरको सर्वत खाएर कर्मकाण्ड पुरा गर्छौं ।
  • गर्मी याममा शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ, यतिबेला शरीरलाई हाइड्रेड राख्न सक्नुपर्छ, यसका लागि उपयोगी हुन्छ, जौको सातु ।
  • जौको सातुले शरीरलाई हाइड्रेट राख्ने मात्र होइन, पेटलाई सितल पनि बनाउँछ ।
  • तराई क्षेत्रमा लूबाट बच्न पनि सातु उपयोगी हुन्छ । किनभने जौको सातुले शरीरलाई शितल बनाइराख्छ ।
  • शरीरको विकार हटाउन मदत गर्छ ।
  • सातुलाई पानीमा घोलेर सेवन गर्दा निकै फाइदा गर्छ ।
  • यसले शरीरमा रहेकोल विषाक्त तत्व पिसाबको माध्यामबाट बाहिर निकाल्छ ।
  • साथसाथै यसले मिर्गौलालाई पनि शुद्धिकरण गर्छ ।
  • सातुमा एन्टि इन्फ्लाइमेन्ट्री गुण हुन्छ, जसले जोर्नीको दुखाईबाट छुटकारा दिलाउँछ ।
  • यदि तपाईं जोर्नीको समस्याले ग्रस्त हुनुहुन्छ भने पनि दैनिक जौंमा पानी घोलेर सेवन गर्न सक्नुहुन्छ ।
  • मधुमेह रोगीका लागि बढी लाभदायक छ ।
  • जौको सातुमा बीटा ग्लूकेन नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोज अवशोषित गर्छ र ब्लड शुगरको मात्रा सन्तुलित राख्छ ।
  • मिर्गौलामा पत्थरी भएमा यसबाट छुटकारा पाउनका लागि जौको सातु रामबाण उपचार हो ।
  • एक गिलास पानीमा सातु मिश्रण गरेर नियिमत सेवन गर्दा मिर्गौलाको पत्थरी हट्छ ।
  • शरीरमा रगतको कमी भएमा एनिमिया हुन्छ । यस्तो अवस्थामा पनि जौको सातु लाभदायक हुन्छ ।
  • हामीलाई कहिले काहीँ भोक लागेको अनुभव हुन्छ । वास्तविक भोक भने होइन ।
  • यसरी भोक लागेको महसुष हुनसाथ हामी केही न केही खान्छौं, जसले मोटोपन बढ्छ ।
  • अतः जौको सातु खाने हो भने यसरी भोक लागेको महसुष हुँदैन । सातु प्रोटिनको पनि स्रोत हो।
  • सातुले खासगरी पेटको समस्यालाई पनि कम गर्छ ।
  • कलेजोलाई बलियो बनाउँछ । जौको सातु एक प्राकृतिक औषधी पनि हो । जौको गुणबारे आयुर्वेदमा उल्लेख छ ।
  • आयुर्वेदमा यसलाई टर्रो, केही मधुर र नरम भनी उल्लेख गरिएको छ ।
  • यसले कण्ठरोग, चर्मरोग, सास एवं कफ रोगमा फाइदा गर्ने बताइन्छ ।

Additional information

Weight 1 kg

Reviews

There are no reviews yet.

Be the first to review “Barley Flour (जौको पिठो)”

Your email address will not be published. Required fields are marked *