0  0.00

Cart

No products in the cart.

Millet Powder ( कोदोको पिठो )

 150.00

  • Beneficial for children, pregnant women. बालबालिका, गर्भवती, खानु फाइदाजनक।
  • Beneficial for diabetics and people with high blood pressure. मधुमेह, रक्तचापका
    बिरामीलाई खानु फाइदाजनक।
  • Beneficial to eat it as a lump. ढिँडोको रूपमा खानु फाइदाजनक।
  • When used in a puree made for children, it helps in their development. बालबालिकाका लागि बनाइने लिटोमा उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ।
Category:

Description

  • यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ।
  • मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ।
  • सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ।
  • कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।
  • कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । हामीलाई चाहिने प्रायः सबै थोक यसमा हुने गरेको विज्ञहरू औंल्याउँछन्।
  • ‘कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ,’ युनिसेफ नेपालका।
  • पोषणविद् नवीन पौडेल भन्छन्, ‘पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खान थालेको अवस्था छ।’
  • नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो । यसलाई कुअन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ।
  • हाल हाम्रो मुलुकमा अमृतजस्तै उपयोगगर्न सकिने कोदोको विषजस्तो उपयोग भइरहेको विज्ञहरू बताउँछन् ।
  • कोदोको उपयोग घरेलु जाँड, रक्सी, तोङबा लगायतमा बढी भइरहेको दुःखद स्थिति छ।
  • रोटीको रूपमा खानु वा गहुँ, मकै आदि पिठोमा कोदोको पिठो मिसाएर रोटी लगायतका परिकार बनाउनुसमेत लाभदायक मानिन्छ।
  • अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ ।
  • हाम्रो मुलुकमा पनि यसरी कोदोको उपयोग गरिँदा यसले थप स्वास्थ्यसम्बन्धी फाइदा मिल्न सक्छ।
  • बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ ।
  • खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुइटा कोदोका रोटी खाए पुग्छ।
  • स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ ।
  • भारतमा कोदोले पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ । कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, बन, केक, मफिन, शिशु खाद्य पदार्थजस्ता
  • विभिन्न परिकार बनाउन थालिएको छ ।

 

Additional information

Weight 1 kg

Reviews

There are no reviews yet.

Be the first to review “Millet Powder ( कोदोको पिठो )”

Your email address will not be published. Required fields are marked *